मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधान संशोधनको मस्यौदा परिमार्जनको पक्षमा ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विधान संशोधनको मस्यौदा परिमार्जनको पक्षमा उभिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले  पार्टीको  विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका  साथ छलफल गरेको जानकारी दिएका छन् ।

शुक्रबार बस्ने पोलिटब्युरो बैठकका सदस्यबिचमा पनि यो विषय छलफल गर्ने जनाएका छन् । उनले पोलिटब्युरोका सम्पूर्ण सदस्यहरूलाई गम्भीरताका साथ छलफल बहसमा सहभागी हुन अनुरोध गरे ।

छलफलपछि केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउन पोलिट ब्युरोका सदस्यले सहयोग गर्ने उनले अपेक्षा लिएका छन् ।