मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला भलिबलको अक्सनमा तीन श्रेणीका ६८ खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१७:oo

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको अक्सन शुक्रबार हुँदै छ । आयोजक ड्रिम्सले इतिहासमै पहिलोपटक महिला भलिबलको अक्सन तयारी पूरा भएको जनाएको छ । गत वर्ष पहिलोपटक महिलातर्फको फ्रेन्चाइज लिग भएको थियो । पहिलोभन्दा  दोस्रो संस्करणको लिग उत्कृष्ट बनाउन ड्रिम्सले अक्सनको अवधारणा ल्याएको हो । अक्सनमा सहभागी ६ फ्रेन्चाइजले खेलाडीमाथि बोली लगाउनेछन् । उनीहरूले आफूअनुकूल खेलाडी छान्नेछन् ।

खेलाडी तीन समूहमा विभाजित
आयोजक ड्रिम्सले अक्सनमा कुल ६८ खेलाडी समावेश भएको जनाएको छ । उनीहरूलाई ए, बी र सी क्याटेगोरीमा विभाजन गरिनेछ । एभरेस्ट महिला भलिबल लिगकी सिइओ स्नेभी चापागाईंले अक्सनमा हरेक फ्रेन्चाइज टोलीले क्याटेगोरी ‘ए’बाट एक, क्याटेगोरी ‘बी’बाट ३२ र क्याटेगोरी ‘सी’बाट दुई खेलाडी अनिवार्य लिनुपर्ने बताइन् । क्याटेगोरी ‘ए’मा १३ खेलाडी छन् । जसबाट हरेक टोलीले समान एक मार्की खेलाडी छनोट गर्नेछन् । त्यसपछि अक्सनका लागि सात खेलाडी उपलब्ध हुनेछ । 

यस्तै, क्याटेगोरी ‘बी’मा ४३ खेलाडी छन् । क्याटेगोरी ‘सी’मा १८ खेलाडी छन् । कुनै खेलाडी अनसोल्ड भए भने उनीहरूलाई तल्लो क्याटेगोरीमा सार्ने प्रावधान राखिएको चापागाईंले बताइन् । अक्सनले नेपाली महिला भलिबलमा व्यावसायिकता र प्रतिस्पर्धाको नयाँ अध्याय सुरु गर्नेछ । दोस्रो संस्करणमा साबिक विजेता कर्णाली वसविस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो संस्करण २० भदौदेखि हुनेछ ।