मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकासलाई आइएसओ प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४५:oo

ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त आइएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै बैंक यो प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक बनेको छ ।

अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरक्रेटले प्रदान गर्ने यो प्रमाणपत्रमा सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो । यस उपलब्धिले बैंकको समग्र सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गर्ने बताइएको छ । 

बैंकले मोबाइल बैंकिङ, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आइटी, मानव संसाधन, सामान्य प्रशासन, अपरेसन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उच्चतम र गुणस्तरिय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो ।