
लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु. ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीनिवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । विश्वविद्यालयको हालको बेरुजु ०.५ प्रतिशत मात्रै भएको बैठकलाई अवगत गराइयो ।
कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आव लाग्नुअगावै आगामी आवकाे बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको हो ।