मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format o९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेफ्टीट्यांकीमा खसेर बालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

भरतपुर अस्पतालको सेफ्टीट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी  अञ्जनाको मृत्यु भएको हो । 

मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्यांकीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो ।