मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीका ६४ स्थानमा १२० सिसिटिभी क्यामेरा जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १२:३२:oo

बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १२० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। सार्वजनिक सुरक्षालाई सुदृढ बनाउने र अपराध नियन्त्रणमा प्रविधिको प्रभावकारी उपयोग गर्ने उद्देश्यसहित सिसिटिभी निगरानी प्रणाली मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

हेटौँडामा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधियुक्त सिसिटिभी निगरानी प्रणालीको उद्घाटन गरेका हुन्।

प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेश हेटौँडाका अनुसार क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी हुने व्यवस्था मिलाइएको छ। विशेष रूपमा संवेदनशील ठानिएका नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातोमाटे (मकवानपुर)लगायत स्थानहरूमा अत्याधुनिक बिएलएच क्यामेरा तथा रडार प्रणालीसमेत जडान गरिएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणमा यस प्रणालीले उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। प्रणालीमा कम्तीमा ९० दिनसम्मको दृश्य डाटा सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ भने विद्युत् आपूर्ति अवरुद्ध भएमा पनि काम गर्न सक्ने युपिएस प्रणालीसमेत राखिएको छ।
सार्वजनिक खरिद ऐनअनुसारको प्रक्रिया पूरा गरी २०८२ जेठ १० गते सम्झौता गरिएको यस परियोजना असार मसान्तभित्र सम्पन्न गरिएको हो। कुल लागत दुई करोड ८४ लाख ११ हजार रुपैयाँ रहेको छ।