मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार ११:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रसुवामा बाढीले अवरुद्ध १५ किलोमिटर सडक खुल्यो, लिङलिङ भिरको पहिरो पन्छाउन बाँकी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार ११:५५:oo

गत मंगलबारको बाढीले क्षतिग्रस्त हुँदा अवरुद्ध बनेको रसुवास्थित स्याफ्रुबेँसी–रसुवागढी सडकको १६ किलोमिटरमध्ये १५ किलोमिटर सडक मर्मत गरेर खुलाइएको छ । 

स्याफ्रुबेँसी (रुंगा पुल)देखि टिमुरेतर्फको सडकखण्डकोे चेनेजसम्म १० किलोमिटर र टिमुरेबाट स्याफ्रुबेँसीतर्फको पाँच किलोमिटर सडक मर्मत गरेर खुलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । उनका अनुसार अब लिङलिङ भिरको पहिरो पन्छाउन बाँकी छ । ‘ठुलो पहिरो गएकाले पन्छाउन सडक विभागबाट हेभी उपकरण मगाइएको छ, मंगलबार उपकरण आएपछि पन्छाउने काम हुनेछ, त्यसपछि अवरुद्ध सबै सडक सञ्चालनमा आउनेछ,’ उनले भने ।

बाढी र पहिरोले क्षतविक्षत भएको सडक जेसिबी, एक्स्काभेटर, ब्रेकरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरी खुलाउने काम भइरहेको हो । यद्यपि, अस्थायी रूपमा खुलाइएको सडकमा साना गाडी गुडाउन मिले पनि मालवाहक र ठुला गाडी भने गुडाउन मिल्दैन । 

बाढी प्रभावित क्षेत्रको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलनका लागि यसअघि नै समिति गठन भइसकेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका योजना प्रमुख खड्गलाल श्रेष्ठको संयोजकत्वमा गठित १३ सदस्यीय समितिले क्षतिको विवरण संकलन गरिरहेको छ ।