मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

शिवम् सिमेन्टको सन्देशमूलक भिडियो ‘नो कम्प्रमाइज’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । भिडियोमा घरबेटी र भाडावालबिचको सम्झौतामा आधारित कथामार्फत ‘सतर्कताका मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजिएको छ । यो भिडियोले विश्वासपात्रबाट हुन सक्ने धोका, छलकपटबारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ नामक सामाजिक सन्देशमूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो । यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

‘नो कम्प्रमाइज  भन्न जति सजिलो छ, त्यति नै व्यवहारमा पूरा गर्न गाह्रो छ । तर जसले पूरा गर्छ, उसको शिर सधँै ठाडो हुन्छ,’ भन्ने सन्देशमार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको बताइएको छ । कम्पनीले स्थापनाकालदेखि केवल ओपिसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।