मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३० सोमबार o९:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलोपटक महिला भलिबल लिगको अक्सन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o९:३३:oo

पहिलोपटक एभरेष्ट महिला भलिबल लिगको अक्सन हुँदै छ । २ साउनमा अक्सन हुने भएको हो । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने लिगमा राष्ट्रिय स्टारदेखि नवप्रतिभा खेलाडीले अक्सनमा सहभागिता जनाउनेछन् । 

यसै साता हुने अक्सन नेपाली महिला भलिबलको व्यावसायिक यात्राको महत्वपूर्ण मोड साबित हुने इन्फिनिटी ड्रिम्सले जनाएको छ । ‘नेपाली भलिबल इतिहासमा यो ऐतिहासिक कार्यक्रम हुन लागेको छ,’ इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईंले भनिन् ।

प्रत्यक्ष बोलकबोल प्रणालीमार्फत फ्रेन्चाइज टोलीहरूले राष्ट्रिय, नवप्रतिभा र उदाउँदा खेलाडीलाई चयन गर्नेछन् । ‘अक्सन प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र पूर्ण रूपमा प्रतिभामा आधारित हुनेछ,’ स्नेभीले भनिन्, ‘यसले खेलाडीहरूको सिप र योगदानको उचित मूल्यांकन गर्न सहयोग गर्नेछ ।’ राष्ट्रिय खेलका रूपमा रहेको भलिबलमा महिला खेलाडीले अक्सनमातर्फ नयाँ अध्याय सुरु गर्ने उनले बताइन् । 

सहभागी ६ टोली
कर्णाली यशविस, गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काडमाडौं स्पाइकर्स र मधेश युनाइटेडले लिगमा प्रतिस्पर्धा गर्नेछन् । ‘६ वटा फ्रेन्चाइज टोलीको सहभागितासहित यो प्रक्रिया नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा एक युगान्तकारी मोड साबित हुने अपेक्षा गरिएको छ,’ उनले भनिन्, ‘यो अक्सन मात्र नभई नेपाली महिला भलिबलका लागि ऐतिहासिक मोड हो ।’ महिला भलिबल लिगका कारण खेलाडी अब व्यावसायिक संरचनाभित्र प्रवेश गर्ने र सिप, बजार मूल्य र पहिचानलाई संस्थागत हुने अवसर पाउने चापागाईंले बताइन् । पहिलो संस्करण कर्णालीले जितेको थियो । दोस्रो संस्करण २० देखि २८ भदौसम्म हुनेछ । प्रतियोगिताको स्वीकृति नेपाल भलिबल संघले दिइसकेको छ ।