१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २३ सोमबार १o:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजीले ल्यायो नेपालकै पहिलो क्युएलइडी टिभी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १o:o७:oo

सिजी इलेक्ट्रोनिक्सले सिजी मेरिडिया ५५ इन्च कराओक क्युएलइडी टिभी सार्वजनिक गरेको छ । यसले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन कराओके इन्टरटेनमेन्टलाई एकैसाथ ल्याएको कम्पनीले जनाएको छ ।

सिजीको लेभल अप अभियानअन्तर्गतको विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन, गाउने, रमाउने र आफैँलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको कम्पनीको भनाइ छ ।  कम्पनीका अनुसार यो केवल प्रविधि होइन, नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैली अनुभव हो ।

उच्चस्तरको डिस्प्लेलाई इनबिल्ट कराओके प्रणालीसँग मिलाएर एउटा यस्तो उत्पादन ल्याइएको छ जसले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा प्रियजनसँग आफ्नो सेक्रेट रकस्टार उजागर गर्न प्रेरित गर्छ । ‘सिजीले सधैँ नेपाली बजारमा नवीनतम प्रविधि ल्याउने लक्ष्य राखेको छ र मेरिडिया यस यात्राको अर्को ऐतिहासिक पाइला हो,’ कम्पनीको भनाइ छ ।