१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
Invalid date format १४:४८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाल्पाको रैथाने बाली संकटमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथाने बाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ हाइब्रिड प्रति आकर्षित भएका हुन् ।

तानसेनको दमकडाकी सीतादेवी गौतमले पहिले–पहिले धान, मकै, प्याज, मूलाजस्ता कृषि उपजको रैथाने बीउ घरमै उत्पादन गर्ने गर्थिन्। उनकोमा बीउ लिन जिल्लाका विभिन्न ठाउँबाट किसान त्यहाँ पुग्ने गर्ने तर हिजो आज भने बजारमा नै पाइने बीउ ल्याएर किसानले लगाउन थालेपछि भने गौतम कहाँ बीउ लिन कोही पनि आउँदैनन् । किसानले उन्नत जातका बीउ ल्याएर लगाउन थालेपछि आफूले अहिले बीउ घरमा राख्न छोडेको उनी बताउँछिन् । 

बर्खामा धान खेतीले भरिभराउ देखिने माथागढीका देउगीर, झडेवा, चिदीपानी, पूर्वखोलाका जल्पा, रिङ्नेरहजस्ता ठाउँमा मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुला, व्याजका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने यहाँका खेत किसानका लागि बिरानो जस्तै बनेका छन् । रैथाने बीउ बेचेरै किसानको गुजारा चलेको थियो । पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि यहाँको स्थानीय जातको बीउ उत्पादन हुन छाडेको छ । बीउ किन्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आकर्षित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन् । स्थानीय जातभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको  देउगीरका किसान जीवन रायमाझी बताउँछन् ।

पाँच वर्ष अघिसम्म लाखौँको मुला, प्याजको बीउ उत्पादन हुने यहाँका खेत आजभोलि किसानका लागि बिरानो बनेको उनी सुनाउँछन् । 

निस्दी गाउँपालिका मित्यालका धनबहादुर ठाडा भन्छन् “पहिले–पहिले बारीमा पाइने सानो तितोकरेलाको बीउ नै पाइन छाड्यो । बीउ हराएसँगै सानो डल्ले प्रकृतिको करेलो नै हरायो । जब बजारमा लामा लामा बीउ आउन लागेपछि करेला मात्र होइन टमाटरको बीउ पाइन छाड्यो ।” वैशाखमा बारीमा मकैसँग छरिने काँक्रो पनि हरायो । बीउ राख्ने चलन नै हरायो । बजारमा धेरै फल्ने हाइब्रिड जातको बीउ आउन लागेपछि स्थानीय रैथाने जातको बीउ नै हरायो । यो अत्यन्त दुःखद कुरा भएको स्थानीय लालबहादुर सोती बताउँछन् । “टमाटर, खुर्सानी, भिण्डी, भाण्टा, मुलाजस्ता स्थानीय जातका बीउ गाउँमा राख्न छाडेपछि बाली नै हरायो”, उनले भने । 

पहिलापहिला घरायसी प्रयोजनका लागि लगाइने अकबरे खुर्सानीको बीउसमेत हराउँदै गयो । पुरानो बीउ हराएपछि पनि बजारका बीउका कारणले पनि मूल्यमा ह्रास आएको रैनादेवी छहरा गाउँपालिका मुझुङका रमेश कार्कीले बताए।