१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २१ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २१ शनिबार ११:२६:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पाचन प्रणालीलाई आराम दिने फास्टिङ थेरापी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २१ शनिबार ११:२६:oo

स्वेच्छा वा खुसीले केही वा सबै खाना, पेय पदार्थ वा दुवैबाट निश्चित समयका लागि अलग रहने प्रक्रियालाई उपवास अर्थात् फास्टिङ भनिन्छ । उपवासबाट गरिने उपचार पद्धतिलाई फास्टिङ थेरापी भनिन्छ । प्राकृतिक उपचारमा उपवासलाई सबैभन्दा महत्वपूर्ण विधि मानिन्छ । 

उपवासलाई खानाको कुनै अतिरिक्त भारविना प्राकृतिक रूपले शरीर सफाइ गर्ने प्रक्रिया मानिन्छ । पाचन प्रणालीमा सक्रिय अंगलाई उपवासले आराम दिन्छ । सुरुमा एक सीमित समयका लागि उपवास बस्नुपर्छ र त्यसपछि बिस्तारै समयावधि बढाउँदै जानुपर्छ । 

फास्टिङलाई ईसापूर्व ४५० वर्षदेखि नै उपचार विधिका रूपमा प्रयोग गरिन्थ्यो । फास्टिङको श्रेय हिपोक्रेट्सलाई दिइन्छ । सबै धर्म संस्कारमा उपवास अर्थात् ‘फास्टिङ’लाई महत्व दिएको पाइन्छ ।

खानपिनका आधारमा उपवासका विभिन्न विधि छन् । निराहार, जलाहार वा फलाहार उपवास बस्न सकिन्छ । पूर्ण रूपमा भोकै बसिने उपवास निराहार उपवास हो । पूर्ण निराहारमा पानीसमेत पिइँदैन । पानीजस्तो तरल पदार्थ पिएर बस्ने उपवास जलाहार उपवास हो । फलफूल खाएर बस्ने उपवास फलाहार उपवास हो । आंशिक निराहार पनि बसिन्छ । फलफूल, जुस खाएर बसिने उपवासलाई आंशिक उपवास पनि भनिन्छ । 

जडीबुटी खाएर उपवास 
रोगलाई नाश गर्ने एकै किसिमको परिकार वा जडीबुटी मात्रै खाएर बसिने उपवासलाई ‘कल्प उपवास’ नाम दिएको पाइन्छ । विभिन्न जडीबुटीले ‘आमरस’लाई निष्क्रिय बनाउन मद्दत गर्छन् । खाद्य पदार्थ नखाए पनि यस्ता जडीबुटी तथा मनतातो पानी पिएर उपवास बस्नु उचित हुन्छ । खाली पेटै उपवास बस्नुपर्छ भन्ने छैन । फलफूल खानुका साथै जुस, दुध, पानीजस्ता पेय पदार्थ पिएर पनि उपवास बस्न सकिन्छ । 

कसरी बस्ने उपवास ?
व्यक्तिको शारीरिक अवस्थाअनुसार चिकित्सकको परामर्शमा मात्रै उपवास बस्नुपर्छ । स्वास्थ्यका लागि हरेक दिन एक छाक मात्रै खानु उचित हुन्छ । कतिपय अवस्थामा पानीसम्म नपिई पनि उपवास बस्ने चलन छ । कसैले भने फलफूल खाएर बस्ने, एक छाक मात्रै खाएर पनि उपवास बस्ने गर्छन् । दिन बिराएर, एक साता, पन्ध्र दिन, एक महिना, वर्षमा एकपटक पिरियोडिक उपवाससमेत बस्न सकिन्छ । सामान्यत: बालबालिकाबाहेक सबै उमेर समूहका व्यक्ति उपवास बस्न सक्छन् ।

फाइदा 
शरीरमा जम्मा भएका विकार तत्व, विष एवं फोहोर पदार्थलाई निष्कासन गर्न मद्दत गर्छ । मृत कोषिका प्रतिस्थापन गरी नयाँ कोषिका बन्ने प्रक्रियालाई द्रुत पार्छ । विभिन्न अंगलाई विशेष गरी पाचनप्रणाली र सोसँग सम्बन्धित अंगलाई आराम दिन्छ । कुनै रोग जस्तै अपच, मोटोपन, दम, उच्च रक्तचाप, र अन्य पाचन प्रणालीसम्बन्धी रोगमा फलदायी हुन्छ । खाली पेट बस्नाले पेट र आन्द्राको ऊर्जा शरीरका अन्य अंगमा पुगेर काम गर्न सक्छन् । पेट खाली राख्नाले ‘ग्यास्टोइन्टेस्टिनल सिस्टम’ले आराम गर्न पाउँछ ।