१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
रमेश सुनार कालिकोट
२o८२ असार १६ सोमबार o८:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारी वर्षाले  कर्णाली राजमार्ग अवरुद्ध 

वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह

Read Time : < 1 मिनेट
रमेश सुनार, कालिकोट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार o८:५२:oo

अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालीकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठुला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रहरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो। सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ। वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरिएको छ। सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालवाहक र यात्रुवाहक सवारीसाधन रोकिएका छन्।