
देशभर असार १३ गतेसम्म १२.३३ प्रतिशत रोपाइँ भएको छ। असार १५ मा हुने धान दिवसको पूर्वसन्ध्यामा कृषि विभागले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । विभागका महानिर्देशक प्रकाश सन्जेलका अनुसार कोशीमा ५.९६ प्रतिशत रोपाइँ भएको छ ।
त्यस्तै, बागमतीमा २०.५३, गण्डकीमा १३.७३, लुम्बिनीमा ९.६६, कर्णालीमा २०.११, सुदूरपश्चिममा ४५.४९ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशको भने तथ्यांक आइनसकेको विभागको भनाइ छ । यो वर्ष देशभर १३ लाख ९५ हजार हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएको विभागले जनाएको छ ।