
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा आज शुक्रबार आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रूपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए। पदोन्नतिसँगै उपरथी केसीलाई पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ।