१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ११ बुधबार १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लुम्बिनी लायन्सले रिटेन गर्‍यो ६ खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १५:४२:oo

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ। 

लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई टिममा रिटेन गरेको हो। सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकास अग्री र आरिफ खान भने रिलिज भएका छन्।
 
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले पहिलो संस्करणमा टिममा रहेका सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिँदै भने, ‘उहाँहरूको योगदान अमूल्य रह्यो र उहाँहरू सधैँ हाम्रो परिवारकाे हिस्सा रहनुहुनेछ । हामी उहाँहरूलाई सधैँ सम्झिरहनेछौँ र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुन सक्छ भन्ने आशा राख्दछौँ।’