
बर्दियामा लागुऔषध अफिमसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। अफिमसहित भारत लखिमपुर थाना तिकुनियाका ३६ वर्षीय गुरुपाल सिंह र भारत जिल्ला निगोरी साजानपुरका २८ वर्षीय अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरू राजापुर नगरपालिका–४, भन्सार चोकबाट ३ ग्राम ३ सय मिलिग्राम अफिमसहित पक्राउ परेका हुन्।
बुधबार बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय राजापुरमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर डमरपालले जानकारी दिए।