१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
Invalid date format o८:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेकोस कप : उपाधिका लागि एपिएफ र न्यु डाइमन्ड भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

हेटौँडामा चलिरहेको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ र न्यु डाइमन्ड क्लबबिच भिडन्त हुने भएको छ । प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाइनलमा जित निकाली एपिएफ र न्यु डाइमन्ड फाइनलमा पुगेका हुन् । एपिएफले नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हरायो । 

हुप्रचौरको भलिबल कोर्टमा एपिएफ २५–२१, २५–१८ र २५–२१ ले विजयी भयो । दोस्रो सेमिफाइनलमा न्यु डाइमन्डले गण्डकी प्रदेशमाथि २५–१५, २५–११ र २५–१६ को जित निकाल्यो । एपिएफ र न्यु डाइमन्ड प्रतियोगिताको उद्घाटन खेलमा आमनेसामने भएका थिए । जसमा न्यु डाइमन्डले एपिएफलाई २७–२५, २५–१५ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो । 

समूह चरणमा समूह ‘क’बाट पुलिस विजेता र गण्डकी उपविजेता बनेका थिए । समूह ‘ख’बाट न्यु डाइमन्ड विजेता र एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । ६ टोली सहभागी प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । 

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुनेले एक लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । चौथो हुनेले ५१ हजार रुपैयाँ पाउनेछ । यसैगरी, विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउनेछन् ।