१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
२o८२ असार १० मंगलबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन राजपथ दुई दिन चार  घण्टा बन्द हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार १५:o६:oo

 त्रिभुवन राजपथ सडकखण्ड दुई दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउन लागेको जनाएको छ।

सडक दिउँसो १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।