१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘भिजिट भिसाको समस्या अब दीर्घकालीन रूपमै समाधान हुन्छ’ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:२३:oo

गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रूपमै समाधान हुने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।

समितिले सुझाव दिने र त्यसलाई कार्यान्वयन सरकारले गर्ने गृहमन्त्री लेखकले बताए । उनका अनुसार समितिले तत्कालीन र दीर्घकालीन रूपमा गर्ने कामहरूबारे सुझाव दिनेछ । नीतिगत र कानुनी सुधार आवश्यक भए त्यसको मस्यौदा समेत सुझाउनेछ ।