१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ९ सोमबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हामीले संसद्को अवरोध हटायौँ, सरकारले शिक्षा विधेयक पास गरोस् : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १२:५६:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहेको बताएका छन् ।

आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा उनले यस्तो बताएका हुन् । महासंघका पदाधिकारीहरू ‘प्रचण्ड’लाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।

भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गरेका छन् । शिक्षकसँगको सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको स्मरण गरेका छन् ।

जवाफमा ‘प्रचण्ड’ले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने बताए । उनको सचिवालयका अनुसार प्रचण्डले भनेका छन्, ‘हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौँ ।’

अध्यक्ष ‘प्रचण्ड’ले शिक्षकका जायज मागहरू कुनै सर्तविना पूरा हुनुपर्ने बताए । प्रारम्भिक बाल विकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आफ्नो राय रहेको पनि अध्यक्ष ‘प्रचण्ड’ले बताएका छन् ।