१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
श्रवण थापा सर्लाही
Invalid date format १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पदंशबाट सर्लाहीको बागमतीमा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १५:३१:oo

सर्लाहीको बागमतीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बागमती नगरपालिका– ११, निवासी बागलाल स्याङतानकी श्रीमती ३६ वर्षकी मुना राईको सर्पको डसाइबाट मृत्यु भएको हो ।

राईलाई बिहान करेसाबारीमा तरकारी टिप्ने क्रममा पहिचान नभएको विषालु सर्पले डसेको थियो । लगत्तै राईलाई आफन्तले लालबन्दी नगरपालिका– १, स्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए । अवस्था गम्भीर बनेका कारण उपचार सम्भव नभएपछि जनकपुर रिफर गरिएको केन्द्रका स्वास्थ्यकर्मी जगनाथ यादवले जानकारी दिए । जनकपुर पुर्‍याउनेबित्तिकै राईलाई चिकित्सकले मृत घोषणा गरेका परिवारले जनाएका छन् ।

स्थानीय स्तरमा रहेको उपचार केन्द्रमा आवश्यक उपकरण आइसियू र भेन्टिलेटर सञ्चालन गर्ने चिकित्सक नहुँदा गम्भीर अवस्थामा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको केन्द्रका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए । यसरी जोखिमपूर्ण अवस्थामा बिमारी अन्यत्र रिफर गर्दा बाटोमा ज्यान जाने क्रम बढेको केन्द्रका चिकित्सक यादवको भनाइ छ ।
 

छुटाउनुभयो की ?