१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ८ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार १२:२४:oo

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारकाबिच प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यायलसहित विभिन्न मन्त्रालयसहित विनियोजनका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रतिपक्षी दल रास्वपा र राप्रपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध गरे ।

सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरी आर्थिक विधेयक पारित गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने भएकाले बैठक सञ्चालनको वातावरण बनाइदिन आग्रह गरे । तर, उनीहरूले सभामुखको आग्रह मानेनन् ।

बैठकमा रास्वपाका असिम शाहले ‘भिजिट भिसा’ प्रकरणमा तत्काल निष्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध जारी रहने बताए । सदन एक महिनादेखि विरोध भइरहे पनि सुनुवाइ नभएको गुनासो गरे । राप्रपाका धवलशमशेर राणाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।

त्यसलगत्तै सभामुख घिमिरेले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने घोषणा गरेपछि रास्वपाका सांसदले नाराबाजीका साथ वेल घेराउ गरिरहेका छन् । बैठक सञ्चालनका लागि वातावरण बनाउन सभामुखसँग माग गर्दै सत्तापक्षका सांसदहरूले पनि रास्वपा र राप्रपाका सांसदहरूलाई अवरोध नगर्न अनुरोध गरे ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रप्रतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको शीर्षकमाथि छलफल हुनेछ ।

छुटाउनुभयो की ?