१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
Invalid date format ११:४९:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्लब विश्वकपका चर्चित अनुहार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

अमेरिकाले आयोजना गरेको क्लब विश्वकप २०२५ मा ३२ क्लबले सहभागिता जनाइरहेका छन् । यसपटक सातबाट फिफाले पहिलोपटक ३२ क्लबलाई विश्वकपमा सहभागी गराएको हो । तर, समर्थक नभएको भन्दै यो संरचनाकै विरोध भइरहेको छ । फिफाले सबै महादेशका क्लबलाई खेलाउँदा स्तर घटेको पनि आरोप लागेको छ । 

क्लब विश्वकपमा युरोपबाट १२, एसियाबाट चार, अफ्रिकाबाट चार, उत्तर अमेरिकाबाट चार, दक्षिण अमेरिकाबाट ६, एक आयोजक र एक प्यासिफिक क्षेत्रबाट रहेका छन् । अमेरिकामा ११ सहरका १२ रंगशालामा खेल आयोजना हुँदा अधिकांशमा दर्शक छैनन् । तर, केही चर्चित खेलाडीको कारण भने रंगशाला भरिने गरेका छन् । 

यस विश्वकपमा देखिएका चर्चित खेलाडीहरू यस्ता छन् :

लियोनल मेसी (इन्टर मियामी)
३७ वर्षीय लियोनल मेसी फिफा क्लब विश्वकपका सर्वाधिक चर्चित खेलाडी हुन् । फिफा अध्यक्ष इन्फान्टिनोले अन्तिम समयमा मेसीकै कारण इन्टर मियामीलाई विश्वकपमा सहभागी गराएका हुन् । मेसीले सन् २००८ मा बेइजिङ ओलम्पिक २००८ मा स्वर्ण पदक जितेका थिए । सन् २०२२ मा फिफा विश्वकप उपाधि जितेका हुन् । 

यसबिचमा अर्जेन्टिनालाई दुईपटक कोपा अमेरिकाको उपाधि पनि जिताए । स्पेनिस क्लब बार्सिलोनामा रहँदा क्लब विश्वकप उपाधि नै जितिसकेका छन् । बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगाको उपाधिसँगै आठपटक बालोन डी ओरको अवार्ड हात पारिसकेका छन् । जीवनको उत्तरार्धमा मेसी अमेरिकामा व्यावसायिक फुटबल खेल्न आइपुगेका हुन् । उनले लिग कपको उपाधिसमेत हात पारिसकेका छन् ।

केलियन एम्बाप्पे (रियल मड्रिड)
केलियन एम्बाप्पे यसै सिजन रियल मड्रिड अनुबन्ध भएका हुन् । तर, यसपटक उपाधिविहीनजस्तै छन् । स्पेनिस ला लिगाको उपाधि हात पार्न नसके पनि एम्बाप्पेले गोल्डेन बुट भने जिते । उनका लागि यो सुनौलो अवसरसमेत हो, डेब्यु भएको वर्ष उपाधि हात पार्ने । रियलका लागि यो वर्ष सहज भएन । प्रशिक्षक जाभी ओलोन्सोको आगमनसँगै पुनः उपाधि हात पार्ने योजनामा रियल र एम्बाप्पे छन् । रियालअघि एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पिएसजी)मा थिए । यद्यपि, रियाल अनुबन्ध हुनुअघि फ्रान्सलाई फिफा विश्वकप २०१८ को उपाधि जिताइसकेका छन् । रियलमा रहँदा एम्बाप्पे च्याम्पियन्स लिगको उपाधिको धोको मेटाउने लक्ष्यमा छन् । तत्काललाई २६ वर्षीय खेलाडीको योजना क्लब विश्वकप नै हो । 

एर्लिङ हाल्यान्ड (म्यानचेस्टर सिटी)
एर्लिङ हाल्यान्ड अहिलेको विश्व फुटबलकै एक प्रतिभावान् स्ट्राइकर हुन् । उनी हरेक क्षण गोल गर्न आफूलाई तयार राख्छन् । २४ वर्षीय अग्ला कदका नर्वेजियन खेलाडी क्लब विश्वकपमा म्यानचेस्टर सिटीको जर्सीमा देखिँदै छन् । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीका लागि हाल्यान्ड मुख्य हतियार हुन् । यो सिजन सिटीका लागि सुखद हुन सकेन । उपाधि रक्षा गर्ने योजनामा टोली कमजोर रह्यो । 

च्याम्पियन्स लिग जित्ने सपना फेरि अधुरै रह्यो । क्लबलाई शीर्ष चारमा स्थान बनाउन नै हम्मेहम्मे परेको थियो । त्यसैले यो सबै यात्रा बिर्सँदै सिटी क्लब विश्वकप उपाधि जित्ने योजनामा छन् । सिटीको यो योजनाको मुख्य हतियार हाल्यान्ड हुन् । त्यसैले सबैको नजर पनि हाल्यान्डमाथि नै हुनेछ ।

ह्यारी केन (बायर्न म्युनिख)
इंग्ल्यान्डका कप्तान ह्यारी केनले यो सिजनसँगै उपाधि भोकको लामो पर्खाइ मेटाएका छन् । बायर्न म्युनिखले यसै सिजन बुन्डेसलिगा उपाधि जितेको छ । त्यसको साक्षी केन नै भए । केन गोल्डेन बुट विजेता पनि हुन् । ४६ खेलमा ३८ गोल गरे । समग्रमा बार्यनले पछिल्लो १३ वर्षमा १२औँपटक बुन्डेसलिगा उपाधि उचालेको हो । यसअघि केन इंग्लिस क्लब टोटनह्याममा अनुबन्ध थिए । त्यहाँ उपाधिविहीन भएपछि बायर्न आएका हुन् । बायर्न आएको दोस्रो वर्षमै उपाधि हात पार्न सफल भए । अब, यो क्रमलाई निरन्तरता दिन उनी क्लब विश्वकपमा होमिएका छन् । पहिलोपटक क्लब विश्वकपको उपाधि जित्ने योजनासहित केन यतिवेला अमेरिकामा छन् । उनको टोली लगातार दुई खेल जित्नै प्रिक्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । 

लौटारो मार्टिनेज (इन्टर मिलान)
लौटारो मार्टिनेजले आफ्नो प्रभाव पहिलो खेलमै देखाइसकेका छन् । २७ वर्षीय खेलाडीले क्लब विश्वकपको पहिलो खेलमै गोल गरे । अर्जेन्टिनी स्टार इन्टर मिलानको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडी हुन् । उनकै कप्तानीमा टोली युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल्न सफल भयो । 

ठुला क्लबको आकर्षक प्रस्तावलाई त्यागेर उनी मिलानमै बसिरहेका छन् । उनकै प्रभावशाली प्रदर्शनमा अर्जेन्टिनाले सन् २०२४ को फिफा विश्वकप उपाधि जित्यो । कोपा अमेरिका पनि दुईपटक हात पारिसकेका छ । यस्तै, इन्टर मिलानलाई आफ्नो कप्तानीमा घरेलु उपाधि जिताइसकेका छन् । मार्टिनेज अब क्लबलाई विश्वकप जिताउने योजनासहित अमेरिकामा व्यस्त रहेका छन् । टोली सिजनकै उच्च लयमा पनि रहेको छ । 

औसमाने डेम्बेले (पिएसजी)
औसमाने डेम्बेले यो सिजन निकै चर्चामा रहेका छन् । उनले क्लब इतिहासमा पिएसजीलाई पहिलोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताए । त्यस्तै, फ्रेन्च लिगको उपाधि पनि डेम्बेले उचालेका छन् । त्यसैले यो सिजन उनलाई बालोन डी ओरको प्रतिस्पर्धामा लिइएको छ । यतिवेला डेम्बेले र पिएसजीको ध्यान क्लब विश्वकपमा छ । टोली लगातार तेस्रो उपाधि जित्न चाहन्छ । यो उपाधि टोलीका लागि नयाँ हो । 

यसअघि लियोनल मेसी, नेयमार, केलिएन एम्बाप्पे अनुबन्ध गरेर पनि च्याम्पियन्स लिगको उपाधि धोका पूरा गर्न नसकेको पिएसजीले यो सिजन तीनै खेलाडी नहुँदा उपाधि हात पारेको छ । यो लयलाई टोली अमेरिकामा पनि कायम राख्ने योजनामा छ । त्यसका लागि कतारी मालिक तयार पनि छन् । 
 

छुटाउनुभयो की ?