१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरेन्द्रनगरले नीति तथा कार्यक्रमका लागि माग्यो नागरिकका सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १२:३९:oo

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउनु पूर्व सुझाव मागेको छ।आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तयारीको पूर्व नागरिकका सुझाव मागेको हो । वीरेन्द्रनगरको सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा नगरवासीहरूको रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा नगरपालिकाले गरेको जनाएको छ ।

‘वीरेन्द्रनगरको समृद्धि र दिगो विकासका लागि नागरिकको सहयोग र अर्थपूर्ण सहभागिता अपरिहार्य हुन्छ। अहिले वीरेन्द्रनगर नगरपालिका आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको तयारीको क्रममा छ,’ नगर प्रमुख मोहनमाया ढकालको सचिवालयले भनेको छ ‘आगामी आर्थिक वर्षमा नगरपालिकाले के–कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दा राम्रो होला ?  यस विषयमा यहाँहरूको रचनात्मक सुझावका लागि अनुरोध छ।’

नगरपालिकालाई सुझाव दिन नगर प्रमुख मोहनमाया ढकाल सचिवालयको फेसबुक पेजमा कमेन्ट वा हेलो मेयर टोल फ्री नम्बर १८१०५०५०००२५२ मार्फत सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। साथै नगरभित्रको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसम्बन्धी कुनै पनि सल्लाह, सुझाव र गुनासो भएमा उक्त टोल फ्री नम्बरमा कार्यालय समयमा निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले जानकारी दिइन्।