
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानबिन समिति बनाउन एक महिना पर्खिन नहुने बताएका छन्।
आज (शनिबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानबिन समिति बनाउन एक महिना कुर्न नहुने बताए। उनले त्यसअघि नै छानबिन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद् सुचारु हुन सहज हुने बताए।
‘गृहमन्त्री ज्युको बारेमा गम्भीर प्रश्न उठेको छ, यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनु भएको छ,’ मोदीले भने, ‘सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ। यी सबै विषयहरुमा कमसेकम यो संसदले एउटा छानबिन समिति बनाउनुपर्छ।