१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २७ मंगलबार १३:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

औषधिको मूल्य समायोजन सुझाव समितिले मन्त्री पौडेललाई प्रतिवेदन बुझायाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १३:४९:oo

औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित मूल्य नीति सुझाव समितिको प्रतिवेदन स्वास्थ्यमन्त्री प्रदीप पाैडेललाई बुझाइएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाइएको हो । तर, सो प्रतिवेदनविरुद्ध औषधि व्यवसायीले औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्। समितिको प्रतिवेदन व्यवसायीको विरुद्ध रहेको र मूल्य समायोजनबारे आपत्ति जनाउँदै विरोध गरेका हुन्। 

प्रतिवेदन बुझ्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य र औषधिको बिक्री–वितरण र औषधिमा सुशासन कायम गर्न समिति बनाइएको र प्रतिवेदन तयार भएको बताए । मूल्य समायाेजन र कानुनी आधार निर्क्योल गर्न अध्ययन गरिएको उनले बताए ।

‘औषधिको समयसापेक्ष मूल्य निर्धारण गर्नुपर्छ, यसलाई कार्यान्वयन गर्छौँ, विषयवस्तु प्राप्त गरेका छौँ, प्रतिवेदनले औषधिमा सुशासन कायम गर्न र आमउपभोक्तालाई राहत दिने गरी स्थिति निर्माण गर्नुपर्छ,’ उनले भने, ‘गुणस्तरीय र सहुलियतमा औषधि बिक्री–वितरणको परिस्थिति बनाउन खोजेका छौँ, यसले औषधिको मूल्य निर्धारणका लागि टेवा पुग्नेछ, यहीअनुसार नीति बन्छ र कार्यान्वयन हुन्छ ।’