१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 12 June, 2025
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन घण्टादेखि कार्यालयमा थुनिइन् कार्यवाहक नगरप्रमुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

राजविराज नगरपालिकाकी‌ कार्यवाहक नगरप्रमुख इसरत परविन पछिल्लो तीन घण्टादेखि कार्यालयमा थुनिएकी छिन्।‌ कार्यवाहक नगरप्रमुखले निमित्त कार्यालय प्रमुख भोगेन्द्र यादवलाई  पदभार  ग्रहण गराउन प्रहरीको सहायतामा ताल्चा फुटाएर भित्र गएपछि अहिले भित्रै थुनिएकी हुन्‌।

बाहिरबाट आन्दोलन गरिरहेकाे पक्षले तोडफोड गर्न थालेपछि उनीसहित केही वडाध्यक्ष र कर्मचारी भित्र थुनिएका छन्।निमित्तलाई हाकिम नबनाउने, नगरपालिकामा भ्रष्टाचार बढेकोलगायका मागसहित यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ‌। ताला फोडेर आज भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।

आन्दोलनमा दुई पक्षबिच घम्साघम्सी र ढुंगामुढासमेत भएको छ। कार्यवाहक नगरप्रमुखसहित निमित्त कार्यालय प्रमुख अहिले प्रहरीको सुरक्षाबिच नगरपालिकाभित्र थुनिएका छन्।सुरक्षाको दृष्टिकोणले यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ।