
प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। भोलि शुक्रबार दिउँसो १ बजे बस्ने गरी सभामुखले बैठक स्थगित गरेका हुन्।
यसअघि आजै दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको थियो। सारिएको समयभन्दा सवा एक घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षीको अवरोधपछि स्थगित भएको हो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्।