१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सय मिटरमा अदित्य र प्रकृतिलाई स्वर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५८:oo

मधेश प्रदेशका अदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले यू–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । अदित्य छात्र तथा प्रकृति छात्रामा पहिलो भएका हुन् । दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रकृतिले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । 

चार सय मिटर छात्र दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । सोही स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भएका छन् । जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले दुई स्वर्ण जितेको छ । कोशी, गण्डकी, मधेश र लुम्बिनीले समान एक स्वर्ण जितेका छन् ।