
शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार सात कायम भएको छ ।
यसैगरी सोही परिमाणको चाँदीको मूल्य दुई हजार १४५ रुपैयाँ निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको छ ।