१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २५ आइतबार o९:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ग्रेस ओभरअल च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार o९:o६:oo

नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जनले प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगिताको ओभरअल च्याम्पियन बनेका छन् । शनिबार च्याम्पियन भएका ग्रेसले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो हुँदा ओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौलसमूहमा पहिलो भएबापत ग्रेसले छुट्टै ५० हजार नगद पुरस्कार हात पारे ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा ह्यामर फिट्नेसका सुमित गिरी, ६५ केजीमा बी एन्ड एल फिटनेस स्टेसनका किशोर लिम्बू, ७० केजीमा बडी गराजका अभिजित राजवंशी र ७५ केजीमा व्यायाम मन्दिरका सुरेश मुनिकार पहिलो भए । पुरुषमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँले १० हजार नगद पुरस्कार हात पारेका छन् ।

महिला खुलामा डिभाइनकी उर्मिला श्रेष्ठले उपाधि जितिन् । उनले एक लाख नगद पुरस्कार प्राप्त गरिन् । विजेतालाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहाललगायतले एक कार्यक्रमबिच पुरस्कृत गरेका थिए ।