१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
पहिलोपटक फिफा विश्वकपमा छनोट भएपछि जोर्डनका खेलाडी खुसी मनाउँदै
Invalid date format o८:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उज्वेकिस्तान र जोर्डन पहिलोपटक विश्वकपमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o३:oo
  • विश्वकपमा एसियाबाट अहिलेसम्म जापान, इरान, दक्षिण कोरिया, उज्वेकिस्तान र जोर्डनले स्थान पक्का गरेका छन्

उज्वेकिस्तान र जोर्डन पहिलोपटक फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएका छन् । सन् २०२६ मा आयोजना हुने विश्वकपमा एसियाबाट यी दुई राष्ट्रसँगै जापान, इरान र दक्षिण कोरियाले निरन्तर स्थान रक्षा गरेका छन् । अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा जापान सुरुमा छनोट भएकोे थियो । दक्षिण कोरियाले इराकलाई हराउँदै लगातार ११औँपटक विश्वकपको टिकट काट्यो ।

एसियन छनोटको शुक्रबार भएको छनोटमा उज्वेकिस्तानले निकटतम प्रतिद्वन्द्वी युएईलाई गोलरहित बराबरीमा रोक्दै समूहको शीर्ष २ मा स्थान पक्का गरेसँगै विश्वकपमा पहिलोपटक स्थान बनाएको हो । लिग चरणको एक खेल बाँकी रहेको अवस्थामै उज्वेकिस्तानले दोस्रो स्थानमा रहेको युएईविरुद्ध ४ अंकको अग्रता लियो । एसियन फुटबल महासंघ (एएफसी)ले विश्वकपअन्तर्गत तेस्रो चरणमा सहभागी १८ टोलीलाई तीन समूहमा विभाजन गरेको थियो, जसमा समूहका शीर्ष दुई टोली सीधै विश्वकपमा पुग्ने प्रावधान छ ।

समूहमा तेस्रो र चौथो हुने टोलीले अर्को छनोट खेल्नेछन् । समूह ‘ए’मा उज्वेकिस्तान र इरानले शीर्ष २ मा रहेर विश्वकपमा स्थान पक्का गरेका हुन् । यस समूहमा २० अंक जोडेको इरान शीर्ष स्थानमा छ । उज्वेकिस्तान नौ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट युएई १४ अंकसहित तेस्रो स्थानमा छ । अब समूहमा एक खेल मात्र बाँकी रहेकाले युएईले उज्वेकिस्तानलाई भेट्नेछैन । यस समूहबाट कतार र युएईले अर्को चरण खेल्नेछन् ।

अस्ट्रेलियासँग जापान स्तब्ध
समूह ‘बी’बाट दक्षिण कोरियासँगै जोर्डन विश्वकपका लागि छानिएको छ । जोर्डनले विश्वकपमा स्थान बनाउन ओमानलाई ३–० ले हरायो । दक्षिण कोरियाले इराकलाई हराएपछि जोर्डनको विश्वकप खेल्ने निश्चित भएको हो । दक्षिण कोरिया नौ खेलबाट १९ अंक जोडेर यस समूहको शीर्ष स्थानमा छ । जोर्डनको जितमा अली ओल्वानले ह्याट्रिक गरेका थिए । जितपछि जोर्डन नौ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । जोर्डनले अन्तिम खेलमा इराकसँग हार व्यहोरे पनि इराकले भेट्टाउनेछैन ।