१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
भारतबाट फर्किएकाहरूको त्रिनगर नाकामा कोरोना परीक्षण गर्दा बुधबार तीन, बिहीबार एक र शुक्रबार पाँचजनामा पजिटिभ भेटियो । पर्याप्त किट नहुँदा थोरैमा मात्र परीक्षण गरिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।
Invalid date format o६:२८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतबाट फर्किनेमा कोरोना देखिन थाल्यो, तर नाकामा परीक्षण गर्न किट अभाव

किट नहुँदा धनगढीको त्रिनगर नाकामा थोरैमा मात्र परीक्षण, सुदूरपश्चिमका अन्य पाँच नाकामा परीक्षण नै सुरु हुन सकेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२८:oo

भारतबाट फर्किएका नेपालीमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । धनगढीको त्रिनगर भन्सार नाकामा एन्टिजेन परीक्षण गर्दा तीन दिनमा मात्र नौजनामा संक्रमण देखिइसकेको छ । शुक्रबार गुजरातबाट फर्किएका कैलाली र अछामका पाँच महिलामा कोरोना पुष्टि भएको छ । 

भारतमा कोरोना भाइरसको संक्रमण फैलिरहेका वेला सीमाक्षेत्रमा पनि सतर्कता बढाउनुपर्ने हो । तर, सीमानाकामा कोरोना परीक्षणका लागि किट नै अभाव भएको छ । कोरोनाको कडा खालको लक्षण देखिएकामा मात्र त्रिनगरमा जाँच भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए ।

धनगढीको त्रिनगरसँग सुदूरपश्चिमका अन्य सीमानाकामा परीक्षणका लागि किट अभाव छ । त्यस्तै, नेपालगन्जको जमुनाह नाकामा पनि एन्टिजेन किट उपलब्ध छैन । 

प्रदेशको सामाजिक विकास मन्त्रालय र संघ सरकारमा किट माग गरिएको जोशीले बताए । ‘शुक्रबार २०० वटा किट आएको छ । यो पर्याप्त होइन । किट नहुँदा त्रिनगर नाकामा फर्कनेमध्ये थोरैमा मात्र परीक्षण गरिरहेका छौँ, अन्य नाकामा परीक्षण हुन सकेको छैन,’ उनले भने, ‘थप किट माग गरेका छौँ ।’ 

किट नहुँदा अन्य पाँच नाकामा परीक्षण नै हुन सकेन
किट नहुँदा सुदूरपश्चिमका अन्य पाँचवटा नाकामा शंकास्पद लक्षण भएका व्यक्तिको कोरोना परीक्षण हुन सकेको छैन । त्रिनगर र गड्डाचौकी यहाँका प्रमुख नाका हुन् । यी दुवै नाकामा हेल्थ डेस्क छन् । किट आएपछि अन्य नाकामा परीक्षण सुरु गरिने जोशीले बताए । यसबाहेक झुलाघाट (बैतडी), पुलघाट (दार्चुला), जोलाजिमी (दार्चुला) र खक्रौला (टीकापुर) नाका छन् ।

नाकाबाट फर्कने कतिपय व्यक्तिमा कोरोना जोखिम भए पनि किट अभावले नाकामा परीक्षण सुरु गर्न नसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालय प्रमुख ओमप्रकाश जोशीले डेढ सयजति एन्टिजेन कार्यालय आफैँले खरिद गर्न लागेको बताए । ‘भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँ काम गरेर घर फर्कने नेपालीमा पनि संक्रमणको जोखिम छ, यसमा संवेदनशील छौँ,’ उनले भने, ‘किट आएपछि लक्षणका आधारमा परीक्षण सुरु गर्छौँ ।’ रोजगारीको सिलसिलामा भारत गएका दैनिक दुई सयदेखि साढे दुई सय नेपाली गड्डाचौकी नाका भएर स्वदेश फर्किरहेको उनले बताए । 

किट नहुँदा नेपालगन्जको जमुनाहा नाकामा पनि कोरोना परीक्षण हुन सकेन
कोरोना परीक्षणका लागि एन्टिजेन किट नहुँदा नेपालगन्जको जमुनाहा नाकास्थित हेल्थ डेस्कका स्वास्थ्यकर्मी फुर्सदिला छन् । सरकारले एन्टिजेन किट उपलब्ध नगराएका कारण कोरोना जाँच गर्न नसकिएको जमुनाहा हेल्थ डेस्कका इन्चार्ज सुनिता मौर्याले बताइन् । 

अन्य प्रदेशले भारतसँग सीमा जोडिएका मुख्य नाकामा एन्टिजेन किटमार्फत कोरोना परीक्षण गरे पनि जमुनाहामा हुन नसकेको उनले बताइन् । ‘कोरोना जाँच गर्न छिटो किट आओस् भन्ने चाहन्छौँ । जाँच भए मात्र कोरोनाको अवस्था जान्न सकिन्थ्यो,’ उनले भनिन्, ‘जाँच भएको भए अन्य नाकाजस्तै जमुनाहा नाकामा पनि कोरोना संक्रमित फेला पर्थे होला ।’ लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लाबाट भारत आउजाउ गर्ने नेपालगन्जस्थित जमुनाहा प्रमुख नाका हो । नेपालगन्ज नाकाबाट दैनिक तीन–चार हजार नेपाली कामका लागि भारत जान्छन् । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किने नेपालीको स्वास्थ्य जाँच गर्न जमुनाहा नाकामा हेल्थ डेस्क छ । कोरोनाकालमा स्थापना भएको हेल्थ डेस्कमा लुम्बिनी प्रदेश र नेपालगन्ज उपमहानगरका स्वास्थ्यकर्मी कार्यरत छन् । 

कोरोना जाँचका लागि प्रयोग हुने एन्टिजेन किट आफूहरूसँग नभएको लुम्बिनी स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले बताए । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आपूर्ति महाशाखामा समेत एन्टिजेन किट नभएको बताउँदै उनले संघ सरकारसँग माग गर्ने तयारी रहेको बताए ।