
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ २४ गते शनिबारदेखि जेठ ३० गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेका र मनले चिताएका सम्पूर्ण कार्य सफल हुने योग रहेको छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार–व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । साताको अन्त्यमा मनमा आध्यात्मिक सोच र चिन्तन बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा रुचि बढ्नेछ । साताको अन्त्यमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) यो साता नयाँ धार्मिक तीर्थस्थलको भ्रमण हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । टाढा रहेका आफन्तजनसँगको सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध सिर्जना हुन सक्ने सम्भावना रहेकाले संघर्षको सामना गर्नुपर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ योगका कारण यो साता महत्वपूर्ण रहनेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोगका कारण रोकिएका अधुरा काम पुनः सुरु हुने योग रहेको छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । साताको मध्यमा मनमा निराशा र शरीरमा आलस्यता आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । अरूको सहयोगबाट धन कमाउने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । आँट, साहस तथा पराक्रम गर्न नसक्दा हातमा आइसकेको काम अरूकै हातमा पर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धनप्राप्तिको योग छ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । दैनिक कार्यमा प्रगतिसमेत हुनेछ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेका लागि समय फलदायी रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तराद्र्धबाट व्यापार–व्यवसायमा बाधा आउला । घर–व्यवहारको समस्याले सताउनेछ । व्यापार–व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । भौतिक तथा मानवनिर्मित स्रोतसाधनको प्राप्तिको योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । साताको अन्त्यमा प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ । अकस्मात् यात्रामा निस्कनुपर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक तथा महत्वको क्षेत्रको भ्रमण हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरूको विश्वास जित्न सकिनेछ । वाक्चतु¥याइँले संकल्प सिद्ध हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । साताको अन्त्यमा सन्तान सुख पनि मिल्न सक्छ । व्यापार फस्टाएर जानेछ भने नाफामूलक क्षेत्रमा लगानी गरी मनग्गे धनआर्जन गर्न सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामान छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । शुक्रबारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । साताको अन्त्यमा खोज तथा अनुसन्धानका क्षेत्रमा अलि बढी मिहिनेत गरे मात्र नतिजा आफैँतिर ल्याउन सकिने योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) साताको प्रारम्भमा घरमा अतिथिको आगमन हुनेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । पढाइ–लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) साताको प्रारम्भमा काम गर्ने जोश, जाँगर र उमंग बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मिहिनेत गरेर थोरै मात्रै सफलता प्राप्त गर्न सकिएला । वैदेशिक यात्राको योग रहेकाले यात्रा फलदायी रहने देखिन्छ ।