
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बेदुराम भुसालले पार्टी अध्यक्ष माधव नेपालप्रति पूर्वाग्रह राखेर भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन्।
सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले भने, ‘उहाँप्रति राजनीतिक पूर्वाग्रह साधेर यो खालको मुद्दा लगाउने कार्य भएको छ।’
नेपालविरुद्ध पहिलेदेखि नै आक्रमण भइरहेको भन्दै भुसालले भ्रष्टाचार मुद्दा त्यसकै निरन्तरता रहेको टिप्पणी गरे।
उनले भने, ‘राजनीतिक पूर्वाग्रह साधेर जुन ढंगले उहाँका विरुद्ध आक्रमण भएको छ, सुरुदेखि नै भएको छ र (अहिले) त्यसको निरन्तरता हो। त्यसको हामी राजनीतिक रूपले नै प्रतिवाद गर्छौँ।’