१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्याबिनेटका सबै निर्णयमा मुद्दा चल्न सक्छ, कोही प्रधानमन्त्री बच्दैनन् : पूर्वमुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o३:oo

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले अब विगतका कुनै पनि प्रधानमन्त्री नबच्ने चेतावनी दिएका छन्।

पार्टी अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा पाण्डेले मन्त्रिपरिषद्का सबै निर्णय भ्रष्टाचारजन्य मुद्दा बन्न सक्ने बताए।

अब कुनै पनि प्रधानमन्त्री वा मन्त्रिपरिषदले महत्त्वपूर्ण निर्णय नगर्ने बताउँदै उनले भने, ‘विगतमा भएका क्याबिनेट बैठकका निर्णयहरू सबै भ्रष्टाचारजन्य केस बन्न सक्छन्। त्यसो हुनाले कोही पनि प्रधानमन्त्रीहरू बच्नेवाला छैनन्। र, अर्को कुरा कुनै पनि प्रधानमन्त्री वा क्याबिनेटले अब कुनै ठुलो महत्त्वपूर्ण निर्णय गर्दैन।’

सरकारले गणतन्त्रको विरोधमा सडकमा उत्रिरहेकाहरूलाई मद्दत पुग्ने गरी काम गरिरहेको उनको जिकिर छ।

भ्रष्टाचारमा ठुला माछा समात्न सुरु भएको हो ? भन्ने प्रश्नमा पाण्डेले भने, ‘जसलाई पनि मुद्दा चलाउँदै हिँड्ने र ठुलो माछो यही हो भन्दै प्रचार गर्ने हो भने यो राज्य व्यवस्था सिद्धिन्छ। यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने एकथरी सडकमा उत्रिरहेका छन्, तिनैलाई नै मद्दत गर्ने गरी काम भइरहेकोजस्तो लाग्छ।’

छुटाउनुभयो की ?