१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १९:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्नपूर्ण म्याराथन : महिलातर्फ सुनमाया र पुरुषतर्फ तिलकलाई उपाधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o४:oo

विश्व कीर्तिमान राखेकी जुम्ला घर भएकी अन्तर्राष्ट्रिय नेपाली धावक सुनमाया बुढा र नेपाली सेनाका तिलकबहादुर सुनुवारले पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन २०८२ को क्रमशः महिला र पुरुषतर्फको उपाधि हात पारेका छन्।

अन्नपूर्ण आरोहण दिवसका अवसरमा मंगलबार अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजनामा म्याराथन सम्पन्न भएको हो। ४२.१९५ किलोमिटरको दूरी सुनमायाले चार घन्टा ४१ मिनेट २५ सेकेन्डमा र तिलकले ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै उपाधि हात पारेका हुन्।

सुनमायाले पहिलो सहभागितामा र तिलकले दोस्रो सहभागितमा उपाधि हात पार्न सफल भए। सुनमायाले आफ्नै बहिनी राममाया बुढालाई करिब ९ मिनेटले पछि पार्दै उपाधि जितिन्। राममाया ४ घन्टा ५० मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुँदा तेस्रो भएकी कल्पना बुढाले ५ घन्टा २ मिनेट ४० सेकेन्डमा दूरी पार गरिन्।

पुरुषतर्फ ४ घन्टा ३० मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै सेनाका होमलाल श्रेष्ठ दोस्रो हुँदा चार घण्टा ३३ मिनेट २१ सेकेन्डमा दूरी पार गरेका दलबहादुर कुँवरले तेस्रो स्थान हात पारे। होमलाल अघिल्लो संस्करणका उपाधि विजेता हुन्।

अन्नपूर्ण गाउँपालिकामा घर भएका सहभागी अर्थात स्थानीयतर्फ सचिन गुरुङले ४ घन्टा २६ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भए।

चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ चुईले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए।

उनका अनुसार ८४ जनाले नाम दर्ता गरेर अन्नपूर्ण आधार शिविर पुगे पनि खराब मौसम र स्वास्थ्य समस्याका कारण सात विदेशीसहित ७० जनाले मात्र प्रतिस्पर्धा गरेका थिए। उनीहरूमध्ये १४ जना महिला थिए।

महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख र तेस्रोले ७५ हजार रुपैयाँ हात पारेका छन्।

छुटाउनुभयो की ?