
कमलादीस्थित गणेश मन्दिरमा हिमानी ट्रस्टले गरेको दीप प्रज्वलन । नारायणहिटी दरबार हत्याकाण्डको २३औँ स्मृतिमा ट्रस्टले दीप प्रज्वलन गरेको हो।
१९ जेठ ०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।
दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरू कमलादी पुगेका थिए।