१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४६:oo

खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ।

नेपाली फुटबलको इतिहास समेटिएको सो पुस्तक आइतबार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे। शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए।

बुकहिलले प्रकाशन गरेको पुस्तकमा नेपाली फुटबलको सुरुवाती समयसहित नेपालले सागमा दुईपटक स्वर्ण पदक जित्दाको इतिहासका विषय समावेश गरिएको छ। नेपाली फुटबलको इतिहासमा नेपालले जितेका ती दुई महत्त्वपूर्ण उपाधि हुन्। 

नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो भए पनि अहिलेसम्म यसको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन। फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक बज्राचार्यले यो पुस्तक प्रकाशित गर्नु आफ्नो सपना भएको र सपना पूरा भएको बताएका छन्।

छुटाउनुभयो की ?