१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कास्की र धनुषासहित चार जिल्लाका सिडिओ फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ। कास्की, धनुषा, बर्दिया र पाँचथरमा नयाँ सिडिओ खटाइएको छ। 

सहसचिव रुद्रादेवी शर्मालाई कास्कीमा सिडिओको जिम्मेवारी दिइएको छ। उनी बर्दियामा कार्यरत थिइन्। कास्कीका सिडिओ भरतमणि पाण्डेको मन्त्रालयमा सरुवा भएको छ। 
त्यस्तै, बर्दियामा सहसचिव सुरेन्द्र पौडेललाई सिडिओ बनाइएको छ। उनी मन्त्रालयमा कार्यरत थिए। 

धनुषामा सहसचिव शंकरहरि आचार्यको सरुवा भएको छ। उनी मन्त्रालयमा जिम्मेवारीविहीन थिए। धनुषामा कार्यरत राजुराम कडरियालाइृ मन्त्रालय तानिएको छ। 
त्यस्तै, पाँचथरमा अरुण पोखरेललाई सिडिओ बनाइएको छ। पाँचथरका सिडिओ विष्णु कोइरालालाई अध्यागमन प्रमुखमा खटाएयता पाँथचरमा सिडिओ पद रिक्त थियो। 

अध्यागमन प्रमुख रहेका तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको थाहा पाएपछि गत ७ जेठमा उनलाई हटाएर भट्टराईलाई जिम्मेवारी दिइएको थियो। सरुवा भएलगत्तै अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो। 

छुटाउनुभयो की ?