Skip This
बगुवा डाइभर्सन मर्मतपछि कान्ति लोकपथ पुनः सञ्चालनमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बगुवा डाइभर्सन मर्मतपछि कान्ति लोकपथ पुनः सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार ११:३१:oo

लगातारको वर्षासँगै बगुवा क्षेत्रमा बागमती खोलाले बगाएको डाइभर्सन मर्मत गरेपछि कान्ति लोकपथ सडक पुनः सञ्चालनमा आएको छ। बिहीबार बिहानको वर्षाले बागमती खोलाको बगुवास्थित ड्राइभर्सनको ह्युमपाइप बगाउँदा सडक पूर्ण रूपमा अबरुद्ध भएको थियो। मकवानपुर प्रहरी र सडक विभाग तथा गाउँपालिकासँगको समन्वयमा बिहीबार मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको हो।

मकवानपुरको भीमफेदी गाउँपालिका– ८ स्थित बागमती खोलामा रहेको अस्थायी पहुँचमार्ग मर्मतपछि सवारी आवागमन पुनः सहज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध गराएको सुक्खा पहिरोसमेत हटाइएको छ। भर्‍याङ डाँडामा खसेको सुक्खा पहिरो पन्छाएसँगै कान्ति लोकपथमा यातायात पूर्ण रूपमा सञ्चालन भएको हो।

गत असोज १० देखि १२ गतेसम्मको लगातारको वर्षाले बगुवास्थित बेलिब्रिजको पहुँच मार्ग बगाएको थियो। त्यसपछि अस्थायी रूपमा ड्राइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्दै आएकोमा पछिल्लो पटकको वर्षाले पुनः क्षति पुर्‍याएको थियो ।