Skip This
अत्तरिया बसपार्कमा बेहोस भेटिएका पुरुषको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्तरिया बसपार्कमा बेहोस भेटिएका पुरुषको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

कैलालीको गोदावरी नगरपालिका– २ स्थित अत्तरिया बसपार्कमा बेहोस भेटिएका एकजनाको मृत्यु भएको छ । नामथर र ठेगाना खुल्न नसकेका करिब ३५ वर्षीय पुरुष बसपार्कमा बिहीबार बेहोस अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि ती पुरुषलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।