१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीको पढाइप्रति अभिरुचि वृद्धि गर्न गणित पार्क 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

कञ्चनपुरको एक सामुदायिक विद्यालयले गणित पार्क निर्माण गरेको छ । भीमदत्त नगरपालिका– १९, बागफाँटामा रहेको लक्ष्मी माध्यमिक विद्यालयले गणित पार्क निर्माण गरेको हो । लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको पढाइप्रति अभिरुचि वृद्धि गर्नका लागि चौउरमै गणित पार्क निर्माण गरेको बताए । उक्त गणित पार्कमा गणितीय शैक्षिक सामग्री राखिएका छन् । 

अधिकांश विद्यार्थी गणित विषयमा पनि कमजोर हुने भएकाले कक्षाकोठाभित्र मात्रै पठनपाठनले अपुग हुँदा पार्कमा अभ्याससहित दैनिक प्रत्यक्ष गणितीय शैक्षिक सामग्रीको अवलोकनले थप सिकाइका अभिरुचि बढ्ने भएकाले पार्क निर्माण गरिएको प्रअ नाथले बताए । ‘गणित विषय हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको छ, तैपनि विद्यार्थीले गणितमा कमै रुचि राख्छन्,’ उनले भने, ‘पार्ककै माध्यमबाट समेत विद्यार्थीलाई शिक्षण सिकाइमा थप व्यवस्थापन गर्न हामीले पार्क निर्माण गरेका हौँ ।’

गणित  विषयको पर्याप्त जानकारी भए अन्य सबै विषयमा समेत विद्यार्थीलाई सहज हुनेछ । विद्यालयमा आइसिटीसहितका शैक्षिक सामग्री जडान गरिएको प्रअ नाथले बताए । गणित पार्क निर्माण गरिएसँगै विद्यार्थीले समेत विगतको भन्दा फरक अनुभव व्यक्त गरेका छन् । उनीहरूले पार्कका माध्यमबाट सिकाइमा टेवा पुगेको बताएका छन् । लक्ष्मी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले विद्यालय प्रदेश सरकारले नमुना विद्यालयमा छनाेट भएसँगै गुरुयोजना बनाएर थप विद्यार्थीको आकर्षणकाे केन्द्र बनाइने बताए। ‘हाम्रो विद्यालय नमुना विद्यालयमा छनाेट भएसँगै हामीले सरोकारवालासँग छलफल गरेर थप स्तरीय बनाउने योजना अघि सारेका छौँ,’ अध्यक्ष भण्डारीले भने, ‘अब थप स्तरीय शैक्षिक सामग्रीसहित साँच्चिकै नमुना विद्यालय बनाउने योजना छ ।’