Skip This
एमाले धनुषामा महासेठनिकट भोला यादव प्यानल विजयी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o९:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले धनुषामा महासेठनिकट भोला यादव प्यानल विजयी

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o९:३६:oo

नेकपा एमाले धनुषा जिल्ला कमिटीको अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ। पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठनिकट भोला यादव नेतृत्वको प्यानलले जित हात पारेको हाे। जिल्ला अध्यक्ष पदका उम्मेदवार  भोला यादवले ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  अर्थात् केन्द्रीय सदस्य उमाशंकर अरगडियानिकट अध्यक्ष पदका उम्मेदवार  लक्ष्मीनारायण यादवले दुई सय मत प्राप्त गरे।

उपाध्यक्ष पदमा तेजनारायण यादव विजयी भएका छन्। उनले ४३० मत ल्याउँदै जयप्रकाश सुनरैतलाई २७० मतको फराकिलो अन्तरले पछि पारे। सुनरैतले १६० मत प्राप्त गरेका छन्। सचिव पदमा भोला प्यानलका  दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै प्रतिद्वन्द्वी धीरेन्द्र मण्डललाई १४० मतको अन्तरले हराएका हुन् । मण्डलले २२५ मत प्राप्त गरेका छन्।

उपसचिव पदमा सविनविक्रम थापा विजयी भएका छन्। उनले हरिकिशोर यादवमाथि १८५ मतको अग्रता बनाउँदै पद हात पारेका छन्। महिला उपसचिवतर्फ रुकाकुमारी मिश्रले ३९१ मतसहित विजयी हुँदै किरण कापरलाई पछि पारिन्। कापरले १८४ मत प्राप्त गरेकी छिन्।

लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन शान्तिपूर्ण, तर प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। यसअघि २२ जेठमा मतदान तोकिएपछि दुई पक्षबिच कुटाकुट तथा झडप भई निर्वाचन स्थगित भएको थियो ।