Skip This
कोरियन प्रविधिमा नेपालमा पशु औषधि उत्पादन गरिने    
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३१ बुधबार १३:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरियन प्रविधिमा नेपालमा पशु औषधि उत्पादन गरिने    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १३:३३:oo

नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपिएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबिएनपी कोरियाबिच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्त्वपूर्ण प्राविधिक सम्झौतामा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरस्थित होटेल एभरेस्टमा बुधबार आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र पशु सेवा विभागका सहसचिव डा. सलिना मानन्धरको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबिएनपीका तर्फबाट  हानी स्वडगबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

यस ऐतिहासिक सम्झौतासँगै कान्तिपुर फर्मास्युटिकल्सले केबिएनपी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्नेछ । यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने, मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा गरिएको छ । 

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई केबिएनपीले लामो समयदेखि अनुसन्धानात्मक कार्यहरूमा सहयोग गर्दै आइरहेको थियो । केबिएनपी कोरियाका दक्ष प्राविधिकहरूबाट सन् २०२५ जनवरी ८ मा केपिएलको क्वालिटी अडिट सफल भएको थियो । सो अडिटको आधारमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडसँग केबिएनपीले सहकार्य गरेको कम्पनीका प्राविधिक प्रमुख विवेकसिंह महतले जानकारी दिए । 

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडालले केबिएनपी कोरियाजस्तो बहुराष्ट्रिय कम्पनीसँगको यो सहकार्य गौरवको विषय उल्लेख गर्दै यसले नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्नेछ र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्ने बताए। ‘यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्याततर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौँ,’ कोरियाका हानी स्वंगले भने, ‘कान्तिपुर फर्मास्युटिकल्ससँग सहकार्य गर्न हामी उत्साहित र खुसी छौँ। नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौँ र हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरीय उत्पादन प्लान्ट तथा बजार व्यवस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा दिनेमा विश्वस्त छौँ ।’