Skip This
२४ घण्टाभित्र मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३१ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२४ घण्टाभित्र मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १५:५४:oo

सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ। एक न्यायाधीशको इजलासबाट बुधबार यस्तो आदेश भएको हो।

मिश्रको हकमा उनकी श्रीमती सारिका कार्कीले मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। जसमाथि न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेयका अनुसार २४ घण्टामा बन्दीसहित उपस्थित हुन र लिखित जवाफसमेत पेस गर्न विपक्षीहरूका नाममा आदेश भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका मिश्रमाथि तीनकुनेमा गत १५ चैतको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोप छ।

मिश्र १५ चैतदेखि नै थुनामा छन्। राजावादीहरूले गरेको आन्दोलनको अगुवासमेत रहेका उनको थुना गैरकानुनी रहेको मागसहित रिहाइका लागि रिट दर्ता भएको थियो।

रिटमा गृह मन्त्रालय, प्रहरी परिसर भद्रकाली, महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता, जिल्ला सरकारी वकिलको कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। मंगलबार मात्रै पनि जिल्ला अदालत काठमाडौंले संगठिन अपराधसमेतको कसुरमा छानबिन गर्न म्याद थपको आदेश गरेको थियो।