Skip This
कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुष्ठरोग निवारण कार्यक्रमलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५५:oo

प्रधानमन्त्री केपी ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको संख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए । 

उनले  पहिला–पहिला पाचनप्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको  प्रसंग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिई जीवन पद्धतिलाई सही ढंगबाट अघि बढाउने हो भने स्वस्थ रहन सकिने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले पञ्चायतकालमा गोलघरमा चिसो भूइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए। उनले कुुष्ठरोगजस्ता संक्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरे ।  प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुकाउनुहुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरे ।