
नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करन केसीले भारतविरुद्ध ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्र थाहा पाएको बताएका छन्।
नयाँ पत्रिकासँग करणले हाँस्दै भने, ‘ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाएँ। पछि सामाजिक सञ्जालमा भाँचिएको ब्याटले खेलेको भनेर हल्ला धेरै भएछ।’
उनले अन्तिम बलमा छक्का हानेपछि ब्याट भाँचिएको हुन सक्ने बताए। १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा भारतविरुद्ध २३ रनले पराजित हुँदै नेपाल बाहिरिसकेको छ।