युरोपमा गर्मीबाट यो वर्ष पन्ध्र हजारको मृत्यु

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण

विश्वभर तापक्रम बढ्दै जाँदै यो वर्ष युरोपमा अखप गर्मीका कारण १५ हजारको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले जानकारी दिएका छन् ।

डब्लुएचओका क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले युरोपको पछिल्लो तथ्यांक उद्धृत गर्दै गर्मीले स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय, जर्मनीमा करिब चार हजार पाँच सयजनाको ज्यान गएको सोमबार बताएका हुन् । युरोपका धेरै देशमा प्रचण्ड गर्मीका कारण अत्यधिक मृत्युको विवरण आएकाले ज्यान गुमाउनेको संख्या बढ्ने अपेक्षा गरिएको डब्ल्युएचओका क्षेत्रीय निर्देशकले वक्तव्य निकालेर बताएका छन् ।

मध्य साउनमा युरोपभर चलेको तातो हावाको लहरले धेरैको ज्यान लिएको फ्रान्सको राष्ट्रिय तथ्यांक तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ । विश्व मौसम विज्ञान संगठनले पनि विश्वको तापक्रम चरम रूपमा बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौँको ज्यान गएको बताएको छ । बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार गर्मीका कारण मृत्यु वरण गर्न बाध्य भएको संगठनले जनाएको छ । विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियसले वृद्धि भएको छ । 

सुझावित समाचार